गण्डकी साक्षर प्रदेश घोषणा, प्रधानमन्त्रीद्धारा साक्षर स्तम्भव अनावरण

पोखरा, असोज २४ गते । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्नुभएको हो । पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय हाताभित्र निर्माण गरिएको साक्षर प्रदेशको स्तम्भको प्रधानमन्त्री शेरबहादुर देउवाले अनावरण गर्नुभयो ।


गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ । मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वतका ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जिल्लागतरूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । विसं २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत विसं २०७४ माघ १८ मा घोषणा भएको थियो । प्रधानमन्त्री देउवालाई पोखरा विमानस्थलमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वागत गर्नुभएको थियो ।

 

सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले शिक्षामा थप कार्यक्रम ल्याउन, थप बजेटको व्यवस्था गर्न सकियोस्, सबैलाई साक्षरता बनाउन सकियोस्, सिंगो मुलुकलाई साक्षर बनाएर निरक्षरताको कलंक मेटाउने सरकारको उद्देश्य रहेको रहेको बताउनुभयो ।उहाँले प्रदेश साक्षर घोषणा हुनु पनि महत्वपूर्ण कुरा भएको बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउदै संविधानको मर्मअनुसार काम गर्न र देशलाई नै साक्षर बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले विकसित नेपालका लागि साक्षर भन्दा शिक्षित नागरिक आवश्यक रहेको बताउनुभयो ।

 

अध्यक्ष तिमिल्सिनाले घोषण गर्नु मात्रै ठूलो नभएको र यसलाई निरन्त रुपमा अगाडी बढाएर नयाँ पीढिलाई साक्षर बनाउनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आत्मनिर्भर र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । नेपालमा दुई खाले शिक्षानीतिबाट गुज्रिएको बताउदै साक्षर मात्र हैन दक्ष जनशक्ति उत्पादन कसरी गर्ने त्यस तर्फ ध्यान दिनुपर्छ भन्नुभयो । संविधानले कल्पना गरेको मौलिक हक शिक्षा सेवा उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह १५–६० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।

९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुवँरले बताउनुभयो ।२०६८ सालको जनगणना अनुसार गण्डकीमा ८३.८ प्रशित पुरुष र ६७ प्रतिशत महिला सारक्ष भएको र त्यसलाई बढाएर ९५ प्रतिशत पु¥याएका कारण घोषणा गर्न लागिएको मन्त्रालयले बताएको छ । नेपाल सरकारले १५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी साक्षर नेपाल घोषणा गर्ने नीति लिएको छ ।

सरकारको नीति अनुसार अनौपचारिक शिक्षा केन्द्रबाट २०६७ सालमा स्थलगत घरधुरी सर्वेक्षण गरी निरक्षहरुको नाम नामेसी विवरण संकलन गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । सोही विवरणको आधारमा राष्टिय साक्षरता अभियान २०६५ देखि २०६८ र साक्षर नेपाल अभियान(२०६९ देखि २०७२) सञ्चालन गरिएको जनाइएको छ ।

 

नेपाल सरकारले २०७५ सालमा स्वीकृत भएको साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्रमा संयूक्त राष्टसंघको विश्वब्यापी अभ्यासलाई समेत अनुसर गदै न्यूनतम १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएकोे क्षेत्र, जिल्ला वा राष्टलाई साक्षर घोषणा गर्न सकिने नीति अनुसार विभिन्न मितिमा प्रदेशका सबै जिल्ला साक्षर घोषणा भैसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...