स्याङजामा जिप दुर्घटना तीनको मृत्यु, १५ घाइते

पोखरा, असोज २५ गते । स्याङजामा जिप दुर्घना तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्याल पोखराले जनाएको छ ।


स्याङजाको वालिङ नगरपालिका–१० मोदीखोला भित्री सडक खण्डमा वालिङबाट लाखुडाँडा तर्फ जाँदै गरेको ग१ज ४९१८ नं.को जिप आफै अचानक बाटो देखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिप चालक सहित १९ जना सवार रहेकोमा ३ जनाको मृत्यु, १५ जना घाईते र चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईते सबैको उपचार भईरहेको र घटनास्थलमा प्रहरी टोलि खटिएको प्रहरीले जनाएको छ । जिप चालक स्याङजा गल्याङ नगरपालिका–१० बस्ने वर्ष ३१ को रुद्र बहादुर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...