कास्कीकोट र विन्ध्यबासिनीमा फुलपाति भित्र्याइयो

पोखरा, असोज २६ गते । नर्व दुर्गा अन्र्तरगत सप्तमि अथार्त फुलपाती । फुलपातीको अवसरमा पोखराको विन्दवासिनी मन्दिर र कास्कीको कालीका मन्दिरमा फुलपाति भित्र्याइएको छ । पोखराको चिप्लेढुङ्गाबाट बाजा गाँजाका साथ विन्दवासीनि मन्दिरमा पुगि फुलपाति भित्र्याइएका हो ।

फुलपाती भित्र्याउन निजामती कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, समाज सेवी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो । फुलपातीलाई बाजा गाँजाका साथ पोखरा परिक्रमा गरि फुल, उखु, केराको बोट लगाएतका फुललाई डोलीमा राखी विन्दवासीनी मन्दिरमा पु¥याएको थियो ।

यसरी लगिएको फुलपानीलाई विषेश पुजा गरि मन्दिर भित्र्याइएको थियो । नेपाली सेनाका पश्चिम पृतना ३ नम्वर वाहिनी र सशस्त्र प्रहरी बल कालिका गणले सलामी दिएको थियो । कास्कीकोटमा पनि विषेश पुजा गरी कास्कीकालीका मन्दिरमा फुलपाति भित्र्याइएको छ । यसैवीच पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्ने भत्तजनको ठूलो भिड लागेको थियो । विहानै पाँचबजेखि साँझसम्मै भक्तजनको भिड लागेको थियो ।

मन्दिरमा पुजा गर्न पोखरा महानगरपालिका, गाँउपालिका र छिमेकी जिल्लाबाट भत्तजनको ठूलो भिड लागेको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो ।

यसैवीच खेलाडीहरुले पोखरा रंगशालादेखि विन्ध्यवासिनी मन्दिरसम्म कलश यात्रा गर्नुभएको थियो । राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, महानगर खेलकुद विकास समितिको आयोाजनामा कलश यात्रा आयोजना गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...