पोखरामा १६ हजार भेडा, च्यांग्रा र ८ हजार खसी भित्रिए

एउटै च्याग्राको मुल्य ४५ हजार, उपभोक्ता भन्छन् महंगो भयो दशैँ

पोखरा । पोखरामा दशैलाई लक्षित गरेर हिमाली जिल्ला मुस्ताङबाट १६ हजार ३५० भेडा च्यांग्रगा भित्रिएका छन् । पोखरा महानगर पशु सेवा कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसा ९४ व्यापारीहरुले १५०५० चांग्रा र १३०० जती भेडा बिक्रीको लागी पोखरा ल्याएको छ भने दुई हजार भेडा च्यांग्रा अन्य जिल्लामा विक्रीका लागि लगिाएको छ । यस पटक च्यांग्रा महंगो भएको छ ।

एउटै च्यांग्राको मुल्य ३० हजारदेखि ४५ हजार रुपैयाँसम्म विक्री भैरहेको छ । हिमाली चिसो मौसममा हुर्केका र जडीबुटी खाएकाले च्याङ्ग्रााको मासु स्वादिलो हुने भएकाले माग बढि रहेको छ । वर्षको एकदिन आउने पर्व दसैँमा पोखरेलीहरुको रोजाई च्यांग्रा बन्ने गरेको छ । जडिबुटी खाएर हुर्केका च्याग्रको मासु तिक्खर हुने भएकाले स्वादिलो र पौष्टिक हुन्छ पोखराका दीपकबहादुर गोदारले भन्नुभयो,‘ अहिले मंहगो भएकाले खानसक्ने अवस्था रहेन् ।’ च्यागं्रा महगो भएपछि देवेन्द्र शेरचनले समातेको च्यांग्रा समेत छाडेर हिनुभयो उहाँले भन्नुभयो, दशै महंगो भयो ।एउटै च्यांग्राको ४५ हजार परेपछि कसरी खाने ?


त्यस्तै पोखरामा ८ हजार खसीबोक भित्रिएका छन् । पोखरा १४ चाउथेमा रहेको खसीबोका बजारमा ८ हजार खसीबोक आएको ब्यवसायी ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । देशैलाई लक्षित गरेर आइतबार ८ हजार खसीबोका आएका छन् उहाँले भन्नुभयो,‘कास्की भन्दा बाहिरबाट दशैँका लागि खसीबोका भित्रिएका छन् ।’


पोखरामा चाडपर्व बाहेक दैनिक पाँच सयको हाराहारीमा खसीबोका विक्री हुने गरेको बताउनुभयो । चाउेमा रहेको खसीबोका बजारमा २१ वटा स्टलबाट जिउदो खसीबोका विक्री वितरण हुदै आएको छ । पोखरामा सुर्खेत, दाङ, नवलपरासी, पाल्पा, तनहुँ र स्याङजा जिल्लाबाट खसीबोक आउने गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...