खेलकुदकर्मीद्धारा पोखरामा शुभकामना एंव कलश यात्रा

पोखरा, असोज २६ गते । नर्व दुर्गा अन्र्तरगत सप्तमि अथार्त फुलपाती । पोखराको विन्ध्यबासीनि मन्दिरमा फुलपाती भित्रयाइएको छ । फुपातीको अवसरमा खेलाडीहरुले पोखरा रंगशालादेखि विन्ध्यवासिनी मन्दिरसम्म कलश यात्रा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति र महानगर खेलकुद विकास समितिको आयोाजनामा कलश यात्रा आयोजना गरिएको हो । पोखरा रंगशाला गेटबाट सुरुभएको कलश यात्रा पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा, रामकृष्णटोल, भिमसेन टोल हुदै पोखरा विन्ध्यबासीनि मन्दिर प्रागढमा पुगेर समापन भएको थियो ।

राष्टिय खेलकुद परिषदले विगतदेखिनै वडा दशैको सप्तमी अर्थात फुलपातीको दिन कालोबोको बलि दिएर पुजा गदै आएको छ । यस वर्षपनि त्यसलाई निरन्तरता दिएको राखेप सदस्य राजेशकुमार गुरुङले बताउनुभयो । खेल पदाधिकारी र खेलाडीहरु वीच शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँले बताउनुभयो । अघिल्ला दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण कार्यक्रम हुनसकेको थिएन यस पटक कोरोना भाइरस संक्रमण दर र मृत्यु घटेसंगै निषेधाज्ञा हटाइएपछि कार्यक्रम आयोजना गरिएको हो ।

कलश यात्रामा नेपाली पञ्चेबाजा र सशस्त्र प्रहरीको ब्याण्ड बाजा बजाइएको थियो । यात्रामा राखेप सदस्य राजेश गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, जिल्ला उपाध्यक्ष महेन्द्र गुरुङ, सचिव भिम पराजुली लागयतको विभिन्न खेलसंघ सम्वन्धित संघका अध्यक्ष, पदाधिकारी र खेलाडीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...