टेलिकमको एफटिएच प्रविधि द्रुत गतिमा बिस्तार गर्दै ६० औं जिल्ला स्याङजा

नेपाल तेलिकमले केहि दिन अघि मात्र  लम्जुङ जिल्लामा सुरु गरेको  नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने FTTH (Fiber To The Home) प्रविधि स्याङजा जिल्लामा पनि सुरु भएको छ ।
स्याङजाका पुतलिबजार नगरपालिकाका मेयर सिमा क्षेत्रिले वार्ड नं. १ को कार्यालयबाट FTTH प्रविधिको सेवा शुभारम्भ गरेकी हुन् । मेयर क्षेत्रिले स्याङजा जिल्लामा पहिलो पटक एकै तारबाट द्रुत गतिको इन्टरनेट, फोन र टिभी चल्ने सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै धन्यबाद दिनु भएको थियो

हाल स्याङजा जिल्ला अन्तर्गत सहिद चोक एरिया, विष्णु पँधेरा, रोशनी बोर्डीङ्ग स्कुल वरीपरी र स्याङजा कारागार आसपास लगायतको क्षेत्रमा FTTH प्रविधि जडान गरिएको छ |
उक्त कार्यक्रममा प्रादेशिक निर्देशनालयका वरिष्ठ ईन्जिनियर रामचन्द्र पोखरेलले वार्ड नं. १ का वडा अद्यक्ष निर्मल कुमार शेरचनलाई FTTH को CPE हस्तान्तरण गर्नु भएको थियो भने मेयर सिमा क्षेत्रिले नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशकलाई फोन गरी नगरपालिकाको वार्ड नं १ बाट सेवा सुभारम्भ भएकोमा धन्यबाद समेत दिनु भएको थियो |

नेपालको ७७ वटै जिल्लामा FTTH सेवा सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल टेलिकमले यस अघि ५९ जिल्लामा FTTH सेवा सुरु गरिसकेको छ । सो सेवा सुरु गरिएको स्याङजा ६० औं जिल्ला हो ।
एकै तारवाट टेलिफोन, इन्टरनेट र टेलिभिजन लिन सकिने यो प्रविधि जिल्लाका अन्य स्थानहरु वालिंग, गल्यांग तथा मिर्मि क्षेत्रमा पनि छिट्टै सुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका वरिष्ठ ईन्जिनियर रामचन्द् पोखरेलले बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...