दशैँले पर्यटकीय सहर पोखरा सुनसान, गाँउमा चहलपहल

पोखरा, असोज २८ गते । नेपालीहरुको महान चार्ड दशैसंगै पर्यटकी नगरी पोखरा सुनसान बनेको छ । रोजगारीका सिलसिलामा देशका विभिन्न भागबाट आएकाहरु आफनो गाँउ फर्किएपछि पर्यटकीय सहर पोखरा सुनसान बनेको हो ।

दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण दशैँ मनाउन घर जान नपाएकाहरु यस पटक आफन्तसंगै दशै मनाउन घर फर्केका छन् । विगतमा भन्दा यस पटक दशैँमा सुनसान बनेको छ । दुई वर्ष दशैँ खुलेर मनाउन नपाएका नेपालीले यस पटक मनाउदै छन् । २०७६ र ७७ मा कोरोना भाइरसका कारण लकडाउन र निषेधााज्ञा जारी भएको थियो । यस पटक कोरोना संक्रमण दर र मृत्यु घटेको तथा धेरैले कोरोना विरुद्धको खोप लगाई सकेकाले सरकारले निषेधाज्ञा हटाएको छ ।

अघिल्ला दुई वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढदो संक्रमण नियन्त्रण गर्न सरकारले जहाँ छौ, त्यही रहेर दशैँ मनाउन आग्रह गरेको थियो । यस पटक ठूलो चार्ड दशै घरपरिवारसंग मनाउन आफनो जन्मथलो फर्किएका छन । विभिन्न कारणले शहर झरेकाहरु गाँउ फर्किएपछि गाँउमा चहलपहल बढेको छ ।

सरकारी कार्यालय बन्द भएपछि दशै मनाउन गाँउ फर्केसंगै पोखरा सुनसान बनेको हो । सडक पार गर्न कठिन हुने पोखराका सडकहरु खुल्ला भएका छन भने सधै किनमिलले भिडभाड हुने मुख्य बजार चिप्लेढुङगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, विरौटा, अमंरसिहचोक, टुडिखेल लगायतका बजार बन्द हुदाँ सुनसान छाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...