पोखराको याम्दीमा च्यांग्रा किन्नेको भिड (फोटो फिचर)

पोखरा, असोज २८ गते ।हिमाली जिल्ला मुस्तांगबाट झण्डै १७ हजार भेडा च्यांग्रा पोखरा ल्याइएको छ ।च्यांग्र महंगो भएपछि अष्ठमीसम्म च्याग्र किन्नेहरु पर्ख र हेरको अवस्थामा बसे ।

एउटै च्यांग्रको मुल्य झण्डै आधा लाख पर्ने भपछि खान नसकिने निर्णय गर्न पोखरेलीलाई मुस्किल भयो अनि नवमीसम्म केही घटने आशा गरेका पोखरेली निरास भए मुल्य घटेन ।

विहिबार पनि पोखराको याम्दीमा च्यांग्रा किन्न जानेको ठूलै भिड देखेपछि ब्यापारीले आफनो मुल्य छाडेन भने च्याग्रा नखाई नछाडनेहरु ब्यापारीकै मुल्य तिरेर ल्याउन बाध्य भए ।

पोखराको न्यूरोडका मुक्ति पौडेल महंगो भएपनि च्यांग्रा खाने सोच बनाएर याम्दी पुगे । उनले त्यहाँ भएका सबै हुलमा च्यांग्रा छने र मुल्य घटाउने प्रयास गरे । तर नसकेपछि २७ हजारको च्यांग्रा घिच्याउदै हिडे ।

खानै मनभएपछि के गने महंगो भएपनि लैजानै पर्यो उनले भने । वर्षको एक पटक आउने च्यांग्रा चाख्नै पर्यो उनले भने, एक्लै खान सकिएन पाँच जना भएर खाने गरि ब्यापारीकै मुल्यमा च्यांग्रा किनियो ।

तस्विर एकराज गिरी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...