दशैंमा यसरी सुरक्षित राख्नुहोस् मासु

काठमाडौं । दशैंमा प्रायः सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । दशैंमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विना फ्रिजमा राख्दा बिग्रने डर हुन्छ ।

फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ । कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमाभएका रौँहरू राम्ररी सफा गरेर मात्रभित्रीभागखोल्न सुरु गर्नुपर्छ । आन्द्रा भुँडी नफुट्ने गरी सर्लक्क निकालेर छुट्टै भाडामा सुरक्षित राखेर राम्ररी सफा गर्न पर्छ ।

मासुलाई सर्लक्क साँप्रा र अन्यभाग छुट्याएपछि राम्ररी सफा गरेर सुक्खाबनाएर फ्रिजमा राख्नुपर्छ । फ्रिजको तापक्रम घटीमा ३ डिग्री सेल्सियस र बढीमा ५ डिग्री सेल्सियस हुनु जरुरी छ । सकेसम्म धेरै मासु बनाएर नराख्ने ।

फ्रिज नहुनेको हकमा मासुलाई सुक्खा बनाएर काट्ने र मज्जाले तेलमा भुटेर नुन हालेर पानी सुकाएर हावा आउने ठाउँमा जाली या पातलो कपडाले छोपेर राख्न सकिन्छ । आवश्यकताअनुसार अलिअलि पुनःपकाएर खान सकिन्छ । सकेसम्म माछा, कुखुरा खसी–बोका एउटै अचानोमा नकाट्नु राम्रो मानिन्छ । माछा–मासु मिसाएर एउटै अचानोमा काट्दा एक–अर्कामा संक्रमण भई ब्याक्टेरिया फैलिने डर हुन्छ । पाकेको मासु र काँचो मासु पनि एउटै अचानोमा काट्नुहुँदैन । काठको अचानोमा काटिएको मासु अन्तर्राष्ट्रिय नियमअनुसार सुरक्षित मानिँदैन र सफागर्न पनि सहज हुन्न ।

खुकुरी पनि साबुनपानीले धोएर सुक्खापारेर सुरक्षित ठाउँमा राख्नुपर्छ । मासु भण्डारण गर्दा काँचो मासु र पाकेको मासु सँगै राख्नुहुँदैन । यदि राख्नैपर्ने भएमा राम्ररी छोपेर काँचो मासु तल्लो तह र पाकेको मासु माथिल्लो तहमा राख्नुपर्छ । –काँचो मासुलाई लामो समयसम्म राख्नु छ भने (१८ डिग्रीदेखि २२ डिग्रीसम्मको चिसो भएको डिप फ्रिजमा छोपेर या पोको पारेर मात्र राख्नुपर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...