मेरी गोल्ड द्धारा विप्न्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

पोखरा ।कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नंं ८ ल्वाङघलेल लाई लक्षित गरी १४ विपन्न घर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको छ । मेरी गोल्ड युके संस्थाबाट स्थानीय प्रतिनिधि पूर्ण बहादुर गुरुङ –जापान)को समन्वयमा उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

१४ घर परिवारलाई चामल, दाल, नुन तेल मर मसला जस्ता खाद्यान्न हरु वितरण गरिएको थियो । स्थानीय यूवा क्लव फेरी भेटौंला युवा क्लवको अध्यक्ष सन्तोष गुरुङ, सचिव गोपाल थापा मगर पूर्व शिक्षक तारानाथ अधिकारीका रोहवरमा उक्त सामाग्रीहरु वितरण भएको थियो ।उक्त समयमा विपन्न वर्गहरुले आआफ्नो समस्याहरु पनि राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...