प्रधानमन्त्रीको सादा दशैँ, परिवारका सदस्यसँगै टीका लगाएर मनाए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पारिवारिक सदस्यसँगै दशैँको टीका र जमरा लगाएका छन् । प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले सामान्य रुपमै परिवारका सदस्यहरुसँग टीका लगाएर दशैँ मनाएका हुन् । तस्वीरमा प्रधानमन्त्री श्रीमती आरजु र छोरा छोरा जयविरसिंह देउवा देखिएका छन् । साथमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा र प्रकाश देउवा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...