पुम्दीकोटमा आन्तरीक पर्यटकको भिड(फोटो फिचर)

पोखरा, असोज ३१ गते ।वरिपरि हरियाली जंगल । फेवाताल र पोखरा बजार । आखाँ अगाडी देखिने हिमश्रृखला । त्यहाँ पुग्ने आन्तरीक तथा बाह्य पर्यटकलाई लोभ्याउने दृश्य । पुम्दीकोटबाट देखिने दृश्य हो ।

१५ सय मिटरको उचाईमा रहेको पुम्दीकोट ओझेलमा परेको छ । त्यही पुम्दीकोट अहिले आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ५१ फिट अग्लो शिवको मुक्ति स्थापना गरिएपछि त्यहाँ आन्तरीक पर्यटकको भिड बढेको छ ।

पुम्दीकोट नयाँ पर्यटकीय गन्तब्य बनेको छ । दशै लगत्तै यहाँ आन्तरीक पर्यटकको भिड बढेको छ । दैनिक सयौ पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।


पोखरा उपत्यकासहित हिमशृङ्खला अवलोकन गर्न सकिने पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा शिवको विशाल मूर्ति स्थापना गरिएको हो ।
पोखरा बजार नजिकै रहेको पुम्दीकोटलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजनाअनुसार मूर्ति स्थापना गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

पुम्दीकोटको कोट पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ४० करोडको योजना कार्यान्वयनमा रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...