साग बेचेर छ लाख नाफा कमाउँछन डेभिड

पोखरा, असोज ३१ गते । विदेशमा बगाउने रगत र पसिना स्वदेशमै बगाए मनग्य आम्दानी गर्न सकिन्छ । पोखरा महानगरपालिका वडा नम्वर २६ रिङठ्ठेपानीका किसान डेभिड के.सीले पुष्टि गर्नुभएको छ । रोजगारीका लागि झण्डै आधार दर्जन देश पुगेपनि अहिले स्वदेशी माटोमै रमाउनु भएको छ ।

सिंगापुर, मलेसिया, भियतनाम लगायका देशमा रोजगारीका लागि विदेश पसेपनि भविष्य स्वदेशकै कृषिमा देख्नुभयो । विगत आठ वर्षदेखि भिकोट काली अर्गानिक कृषि फर्म दर्ता गरेर व्यवसायीक रुपमा कृषिमा लाग्नु भएका के.सीले बार्षिक १२ लाख रुपियाँ बचत गदै आउनु भएको छ । उहाँले केही धान खेत र केही खण्डर २२ रोपनी जमिन १० वर्षका लागि भाडामा लिएर व्यवसायीक कृषि खेती सुरुवात गरेको आठ वर्ष वितेको छ । बार्षिक ३ लाख ५० हजार जग्गाको भाडा साहुलाई बुझाएर तरकारी खेतीबाट वार्षिक १२ लाख नाफा कमाउने गरेको बताउनुहुन्छ । आठ वर्ष अगाडी रोजगाी खोज्दै हिडनु भएका केसिले अहिले ८ जनालाई रोजगारी समेत दिनुभएको छ ।

उहाँले २२ रोपनी मध्य ७ रोपनीमा साग खेती गर्नुभएको छ । उहाँको खारीमा पाँच प्रकारका साग पाइन्छ । उहाँले सागबाट मात्रै बार्षिक छ लाख रुपियाँ नाफा गर्नुहुन्छ । सागले लगाउने सागको विउ मलेसिया र इन्डोनेसियाबाट ल्याउनुपर्छ । उहाँले भन्नुभयो, ‘यहाँ पाँच प्रकारको साग पाइन्छ । स्वदेशी र विदेशी । विउ यहाँ पाइदैन । मलेसिया र इन्डोनेसियाबाट ल्याउनुपर्छ ।’ उहाँलाई साग बेच्न कुनै समस्या छैन । किसान के.सी भन्नुहुन्छ,‘ मेरो साग यहीबाट विक्री हुन्छ । बजारको कुनै अभाव छैन् । अहिलेसम्म साग बिकेन भन्ने अवस्था छैन् ।’ त्यस्तै उहाँले १५ रोपनीमा लहरे बाली, गोलभेडा, भन्टा, सिमि, खुर्सानी, काउली र बन्दा लगाउनु भएको ।

 

साग र अन्य तरकारी विक्रीबाट १२ लाख रुपियाँ बार्षिक आम्दानी गर्ने गरेको बताउनुभयो । एकै दिनमा झण्डै ४० हजार रुपियाँ बराबरको तरकारी बिक्री गर्ने गरेको सुनाउनुभयो । उहाँले कुखुरा, टर्की समेत पाल्नुभएको छ । उहाँले विदेशमा बस्दा देखेको सिपलाई व्यवहारमा प्रयोग गर्नुभएको छ । ढुङ्गाइलो स्थानमा बोरामा माटो भरेर खेती गर्नुभएको छ । उहाँले फार्मको अगाडी आफ्नै बिक्री केन्द्र खोल्नु भएको छ । अर्गानीक र ताजा तरकारी किन्न आउनेको भिड लाग्ने गर्छ । सबै खर्च कटाएर मासिक खर्च कटाएर १ लाख रुपैयाँ बचत हुने गरेको बताउनुभयो ।

तपार्ई विदेश पुगेको मान्छे किन कृषिनै रोज्नुभयो भन्ने जिज्ञासामा उहाँले आफनै परिवारसंग बसेर माटोसंग रमाउन पाउदाँ आनन्न आउने बताउनुभयो । कृषि गर्नसके यही कमाउन सकिन्छ उहाँले भन्नुभयो । उहाँले दुई छोरा, एक छोरी र श्रीमति र आफनो खर्च कटाएर राम्रै कमाएको बताउदै तरकारी खेतीबाट सन्तुष्ट भएको बताउनुभयो ।पोखरा २६ का वडा अध्यक्ष नारायण बरालले के.सीले जमिन भाडामा लिएर व्यवसायीक साग लगायत तरकारी खेतीमा राम्रो गरेको बताउनुहुन्छ । गरे के हुदैन भन्ने सिक्न यहाँ आए हुन्छ उहाँले भन्नुभयो, ‘केही हुदैन भन्ने र गुनासो गर्नेहरुका लागि यो राम्रो उदाहरण हो ।यस्तै २० वटा फर्म हुने हो भने तरकारीमा हामी आत्मनिर्भर हुन्छौ ।

 

भारत र अन्य जिल्लाबाट आयात गर्नुपदैन् ।’ पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले केसीले साग र तरकारीको क्षेत्रमा धेरै राम्रो गरेको बताउदै उहाँको मेहनतलाई सम्मान गर्नुपर्ने बताउनुहुन्छ । हामीले उहाँलाई कृषि सामग्रीहरु उपलब्ध गराएका छौ । राम्रो गर्नेहरुलाई प्रोत्साहन गर्नुपर्छ उहाँले भन्नुभयो, ‘बास्तविक किसानले अनुदान लिन आउन सकेका छैनन् ।प्रक्रिया झन्झटिलो हुदाँ दिन आउन समेत अप्ठयारो मान्ने गरेका छन् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...