जीपको ठक्करबाट मोटरसाइक चालक क्षेत्रीको मृत्यु

पोखरा, असोज ३१ गते ।कास्कीको लेखनाथमा मोटरसाईकल र बोलेरो जिप एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ ।

पोखराबाट तालचोकतर्फ आउदै गरेको ग १२ प ४०३२ नं। को मोटरसाईकल र विपरित दिशाबाट जादै गरेको ग १ झ ६८७८ नं बोलेरो जिप ठक्कर खादा मोटरसाईकल चालक कास्कीको मादी गाउँपालिका–५ मिजुरेडाडाँ निवासी सुर्य बहादुर क्षेत्रीको मृत्यु भएको हो । उनको लेखनाथ सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दुर्घटनमा मोटरसाईकलको पछाडि सवार पोखरा–३० निवासी २० वर्षीय सन्दिप केसी घाइते भएका छन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...