३८५ जना कोरोना संक्रमित थपिए, ६ जनाकाे मृत्यु

काठमाडौं, असोज ३१ गते । पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । छ हजार नौ सय ६६ जनामा आरटी–पिसिआर र एक हजार १११ गरिएको एनटीजेन परीक्षणमा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा आरटी–पिसिआर परीक्षण गर्दा तीन सय ८५ जनामा र एनटीजेन परीक्षणबाट छ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.०७ प्रतिशत रहेको जनाएको छ ।पछिल्लो २४ घण्टामा ६८० जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...