५२३ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाकाे मृत्यु

काठमाडौं, कात्तिक १ गते । पछिल्लो २४ घण्टामा ५२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई ०४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी, पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...