वोमेन्स पावर र्लिफ्टिङ च्याम्पियनसिपमा ५० महिला खेलाडी सहभागी

उत्कृष्टलाई ८० हजार नगद सहित ५० हजार मुल्यको बेल्ट

पोखरा, कात्र्तिक १ गते ।गोर्खा क्लासिक नेपालको आयोजनामा पोखरामा वोमेन्स पाव र्लिफ्टिङ च्याम्पियनसिप हुने भएको छ । कार्तिक ६ गते पोखरा रंगशालामा आयोजना गर्न लागेको बोमेन्स पावर्लिफ्टिङ च्याम्पियसिपको तयारी पुरा भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ६० केजी माथि र ६० केजी भन्दा तल गरी दुई विधामा प्रतिस्पर्धा गराइने गोर्खा क्लासीक नेपालका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा देशभरका करिव ५० जना महिला खेलाडीहरुले सहभागीता जनाउने पक्का भएको आयोजकले जनाएको छ ।


प्रतियोगितामा ६० केजी भन्दा माथिको र ६० केजी भन्दा तल दुवै बिधामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै ६० केजी माथिल र तलको तौल समुहका प्रथम प्रथमहरु बीचको प्रतिस्पर्धाबाट उत्कृष्ट बन्न सफल खेलाडीले नगद ८० हजार, गोर्खा मेडल क्लासिक बेल्ट र सम्मानपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उ्रत्कृष्टले प्राप्त गर्ने बेल्ट बेलायतबाट निर्माण गरी ल्याएको र त्यसको मुल्य झण्डै ५० हजार रुपियाँ परेको उहाँले बताउनुभयो ।

 

उक्त बेल्ट गोर्खा क्लासिक यूकेले प्रायोजन गरेको बताइएको छ । पोखरालाई खेल पर्यटन मार्फत चिनाउदै आन्तरिक पर्यटन प्रवद्र्धनमा नयाँ ईट्टा थप्ने विश्वास र महिला खेलाडीहरुलाई प्रोत्साहन गदै अन्य खेल जस्तै यसलाई राज्यले लगानी गर्ने वातावरण सृजना गर्न दबाब पुग्ने विश्वास गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । यो प्रतियोगिता हरेक दुई वर्षको अन्र्तरालमा आगामी दिनमा निरन्तरता दिइने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १३ लाख ५० हजार खर्च हुने र १४ लाख आम्दानीभै ५० हजार बचत हुने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगितामा आइडिया फोर वर्ड युके नामक कम्पनीले शीर्ष बिधागत पुरस्कार रु ८०,०००, युके नेपाल इन्टरनेश्लल फेडरेसन बडिबिल्डिङ लिग युके, गोर्खा वाच युके, तोल्का भिलेज रिसोर्ट, दि कल्चर रिर्सोट खहरे, मेरी कफी, ढोरबाराही ज्वेलर्स लगायतका संघसंस्था एबं कम्पनीहरुले प्रायोजन गरेको बताईएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...