शारीरिक सम्बन्धका क्रममा महिला बाल्कोनीबाट खसिन्, कार भाँचियो, महिला बाँचिन् (भिडियो)

काठमाडौं। शारीरिक सम्बन्धको क्रममा एक महिला बाल्कोनीबाट तल पार्किङमा राखिएको कारमाथि खसिन् । महिला कारको छतमा पछारिँदा कारको छत भाँचियो तर महिला भने बाँच्न सफल भएकी छिन् । यी महिलाले आफ्ना प्रेमीसँग ताइवानको ताइपेइमा एक अपार्टमेन्टमा शनरीरिक सम्बन्ध राख्दै थिइन् । यस क्रममा अचानक उनी चिप्लिएर तल खसेकी हुन् ।

द सनको रिपोर्टअनुसार यो घटना सेप्टेम्बर ५ को भएको बताइएको छ । घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । भिडियोमा महिला कारमाथि खस्दै गरेको देख्न सकिन्छ । खसिसकेपछि महिलाले पीडाको आफ्नो शरीरको पछाडिको भाग छाम्दै गरेको देख्न सकिन्छ । भिडियोमा उनी खसिसकेपछि उनका पार्टनर समेत दौडिँदै आएको देख्न सकिन्छ ।

समाचारका अनुसार उनलाई उनका पार्टनर आएर अस्पताल लिएर गएका थिए । उनलाई पिठ्युँमा सामान्य चोट लागेको बताइएको छ । उनलाई पूरै निको हुन केही समय लाग्ने र अहिले उनको अवस्था स्थिर रहेको समाचारमा जनाइएको छ । यो जोडीले कारमा भएको क्षतिको पैसा पनि तिर्नुपरेको थियो । यो कार त्यही अपार्टमेन्टमा बस्ने एक छिमेकीको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...