पोखराका होटल आन्तरिक पर्यटकले भरिभराउ

पोखरा, कात्र्तिक । पोखराको पर्यटकीय फेवातालमा आन्तरिक पर्यटकको भिड बढेको छ नेपालीहरुको ठूलो चार्ड दशैँको अन्तिम दिन फेवातालको वीचभागमा रहेको बाराही मन्दिरको दर्शन गर्न जानको भिड लाग्यो । विहानैदेखि साँझसम्म आन्तरिक पर्यटकको भिड लागेपछि डुंगा व्यवसायीलाई भ्याइ नभ्याई थियो । दुई वर्ष कोरोनाका कारण प्रभावित बनेको पर्यटन व्यवसाय चलाएमान बनेको छ । पोखरामा आन्तरीक पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित हुनुभएको छ ।

दसैँयता पोखरामा आन्तरिक पर्यटकको भिड बढेको हो । पोखराको फेवाताल, बेगनासताल, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, पातले छाँगो, विश्व शान्ति स्तुप लगायत प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिर, केदारेश्वर महादेव मन्दिर, अकला मन्दिर, सराङकोट, काँहुधरहरा लगायतका स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । कोरोना कहरका कारण झण्डै दुई वर्षयता सुनसान बनेको पोखरामा पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटन क्षेत्रमा पनि आशा जगाएको छ ।

फेवातालमा डुङ्गा शयर होस् वा आसपासका सराङकोट, काहुँकोट, विश्वशान्ति स्तुप, पुम्दीकोट, हुडिकोट आदि स्थानमा पर्यटकको बाक्लै उपस्थिति देखिएको छ । यी स्थानबाट देखिने सूर्योदयको अवलोकनसँगै हिमाली दृश्यले पर्यटकलाई लोभ्याएको छ ।

पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने समय भए पनि कोरोनाका कारण सुनसान बनेको यहाँको पर्यटनलाई दसँैंको आगमनले ठूलै राहत पु¥याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भटराईले बताउनुभयो । कोरोनाले प्रभावित पर्यटनमा एक साताबाट ब्यवसायीमा आशा लागेको छ उहाँले भन्नुभयो ।

दसैंँमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द रहेकाले देशका विभिन्न स्थानबाट घुम्न पर्यटक पोखरा आउनु भएको छ । भक्तपुरबाट पोखरा घुम्न आउनु भएकी अञ्जु प्रधानले कलेज विदा भएकाले घुम्न आएको बताउदै पोखराको सुन्दरताले मोहित बनाएको बताउनुभयो ।‘ यहाँबाट देखिने हिमश्रृखला, ताल र हरिया डाँडाकाडाले मनै आनन्दीत बनायो ।’ कोरोना संक्रमण दर घटेसंगै निषेधाज्ञा हटेपछि पोखरा घुम्न आउनेको संख्यामा बृद्धि भएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । दसैँ अघिसम्म सुनसान जस्तै रहेको पोखराका होटेलमा यतिखेर क्षमताको करिब ३५ प्रतिशत आन्तरिक पर्यटकले भरिभराउ भएको लेकसाइडस्थित होटेल सदनका सञ्चालक विश्वदर्शन पराजुलीले बताउनुभयो । पोखरामा साना ठूला गरी झण्डै एक हजार होटेल छन् । जसमध्ये १६ वटा तारे होटेल छन् । पोखरा भित्रिएका पर्यटकमध्ये ठूला होटेलमा क्षमताको ५० प्रतिशत पर्यटक पुगेका छन् भने साना होटेलमा क्षमताको २५ प्रतिशत पर्यटक पुगेको हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखराका होटेलमा हालसम्म झण्डै पौने चार खर्ब बराबरको लगानी भइसकेको छ ।

हाल पोखरा भित्रिएका पर्यटकको तथ्याङ्कअनुसार १० प्रतिशत भारतीय पर्यटक छन् भने अन्य बाह्य पर्यटक पाँच प्रतिशत छन् । कूल पर्यटकको ८५ प्रतिशत आन्तरिक पर्यटक रहेको बताइएकोछ । सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने भएपनि पछिल्लो दुई वर्ष कोरोनाले सुनसान बनेको छ । पोखरा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पदयात्रामा जाने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिनुभयो । विदेशी पर्यटक अहिले आउने अवस्था नरहेपनि आन्तरिक पर्यटक समेत पदात्रामा जान थालेका छन् उहाँले भन्नुभयो, ’अन्नपूर्ण, मर्दी हिमाल, पुन हिल,घान्द्रुक, सिक्लेस, ताङतिङ लगायतका क्षेत्रमा आन्तरिक पर्यटकको भिड देखिएको ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...