लायन्स क्लव अफ पोखरा ब्लु स्काइकोे चाटर्र नाईट तथा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

पोखरा,कार्तिक ६, लायन्स क्लव अफ पोखरा ब्लु स्काइकोे चाटर्र नाईट तथा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बर्ष २०२१–०२२ का अध्यक्ष ला. हरी प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथी लायन्स क्लब इन्टरनेसनल ३२५ बि। १ नेपालका डिष्ट्रिक गभर्नर ला. विशेश्वर आचार्य ले हामी सेवा गर्छौँ भन्ने महान उद्धेश्यलाइ सफल बनाउन सबै लाग्ननुपर्ने बताए । उनले अहिले लायन्सले लायन्स मोडेल भिलेजको अवधारणा ल्याएको बताउदै गाँउलाई एडप्ट गरिएको बताए ।

लायन्स क्लव अफ पोखरा ब्लु स्काइलाई बर्ष २०२०–२१ मा लायन्स क्लब इन्टरनेसनल ३२५ बि। १ नेपालकै सबै भन्दा धेरै सदस्यहरु सहित चार्टर गराई त्यस बर्षको रेकर्ड ब्रेक गर्ने कल्ब बन्न सफल गराउने सम्पुर्ण सदस्यहरु र क्लब एक्टेन्सन चियरपर्सनहरु लाई संस्थापक अध्यक्ष ला. युबराज पौडेलले धन्यबाद सहित आभार प्रकट तथा आफ्नो कार्यकालका कार्यक्रम संयोजकहरु ला. सरिता गुरुङ, ला. प्रवेश गौतम, ला. डेबिड देवकोटा र ला. बिरेन्द्र पौडेल तथा उत्कृष्ट सदस्यहरु ला. सरिता गुरुङ र ला. प्रवेश गौतम लाई अवार्ड प्रदान गर्नुभएको थियो ।

अध्यक्ष ला. हरी प्रसाद बराले समाजसेवाका लागि विश्व विख्यात संस्था लायन्स क्लबको नेपालमा पनि दिनप्रतिदिन लोकप्रियता बढ्दै गइरहेको र यसैक्रममा लायन्स क्लबका विभिन्न शाखाहरु विस्तार हुने क्रम पनि बढेको छ । यसै क्रममा कल्वहरुबाट प्रदान हुने सेवाका कार्यहरुलाई ब्यवस्थीत गरी सेवाका कार्यहरु गर्नुपर्ने आवश्यकता भएको बताए ।

स्थापनाको पहिलो बर्षबाट नै कल्बले आजिवन सदस्यको अवधारण ल्याएको र आजिबन सदस्यता लिने कल्वका दश जना सदस्यहरुलाई दोसल्ला र प्रमाण प्रत्र सहित र कल्वको पहिलो बर्षमा सर्बाधिक अर्थिक सहयोग गर्ने कल्वका प्रथम उपाअध्यक्ष ला. कमल सुबेदी लाई दोसल्ला र कदर प्रत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थीत सम्पुर्ण सदस्य तथा अतिथिहरुलाई चाटर्र नाईट कार्यक्रम संयोजक तथा कल्वका प्रथम उपाअध्यक्ष ला. कमल सुबेदी ले स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्वागत नृत्य कल्बमा आबद्ध महिला सदस्यहरुले गर्नुभएको थियो ।

कार्यक्रममा ओम प्रतिभा कला केद्र काठमाण्डौका का नृत्य निर्देशक तथा कल्वका सदस्य राजेन्द्र कुमार राईको नेतृत्वमा आउनुभएका कलाकारहरुको सास्कृतिक प्रस्तुतीहरु रहेको थियो ।

कार्यक्रममा चिफ डिस्ट्रिक एड्मिनिस्ट्रेटर ला. चण्डी प्रसाद अर्याल, डिस्ट्रिक एड्मिनिस्ट्रेटर ला. किशोर बराल, मोडर्न भिलेज डेप्युटी चिफ ला. बैकुण्ठ पौडेल, कल्वकाे मदर कल्व लायन्स क्लब अफ पोखरा मिडटाउन का निबर्तमान अध्यक्ष रुक्मागत भण्डारी बिश्वास लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन सचिब दिपकराज गिरी र सह–सचिब प्रवेश गौतम ले सयुंक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...