प्रकाश पराजुली र मीना बुढाथोकीको टीम बन्यो पहिलो ‘दोहोरी च्याम्पियन’

पोखरा, कात्तिक १३ गते ।प्रकाश पराजुली र मीना बुढाथोकीको टीम पहिलो होदोरी च्याम्पियन बन्नुभएको छ । शनिबार साँझ पोखराको फेवाताल किनारमा भएको फाइनल प्रतिस्पर्धामा पराजुली र बुढाथोकीको टीमले बालचन्द्र बराल र शोभा कार्कीको टिमलाई पराजित गदै च्याम्पियन घोषित हुनुभएको छ हो । च्याम्पियन बन्न सफल टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गर्नुभएको छ भने उपविजेता बालचन्द्र बरालको टिमले नगद १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन प्राप्त गर्नुभएको छ ।

त्यस्तै तृतीय स्थान रिता रावत र सविन आचार्यको समुह र सान्त्वना स्थान मिना नेपाल र राजेन्द्र पाठकको समुह बनेको छ । तेश्रो हुन सफल टिमले ३ लाख र सान्त्वना स्थापन प्राप्त समुहले २ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । विजेता, उविजेता टिमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको निर्णायकमा प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि.जी र चन्द्र शर्मा निर्णायक रहनुभएको थियो । स्पर्धामा डिजिटल अडिसन ३५ टिम छानिएका थिए । त्यसपछि फिजिकल अडिसनमार्फत २४ टिम छानिएका थिए । कार्यक्रममा नेपाली लोकदोहोरीका चर्चित कलाकारहरु राजु परियार, सिला आले, शर्मिला गुरुग, पशुपति शर्मा लगायतका कालकारले गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

इभेन्ट व्यवस्थापन पुष्पाञ्जली फेसन एन्ड इभेन्ट पोखराले गरेको थियो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पोखराको पर्यटन क्षेत्रमा पारेको प्रभावलाई कम गदै आन्र्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियनको फाइनल पोखरामा ल्याउन पहल गरेको सफल एड्भटाइजिङ,पुष्पाञ्जली फेसन एन्ड इभेन्ट पोखराका प्रवन्ध निर्देशक शोभा गौतमले बताउनुभयो । पोखरा गण्डकी प्रदेशको राजधानी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसंगै संस्कृतिको संरक्षण र प्रचार गर्ने योजना सहित कार्यक्रम यहाँ ल्याइएको उहाँको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...