मुख्यमन्त्री आचार्यद्वारा राजीनामा घोषणा

काठमाडौं, कात्तिक १५ गते । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिनुभएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा घोषणा गर्नुभएको हो ।

राजीनामा घोषणा गदै उहाँले नयाँ बन्ने सरकारलाई कामका आधारमा सर्थमन र विरोध गर्ने समेत बताउनुभयो । उहाँले राम्रा काम गरे समर्थन र गलत काम गरे विरोध हु्न्छ भ्रन्नुभयो ।

 

आचार्य गत भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । प्रदेश सभा बैठकमा आज उहाँको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर, बहुमत नपुग्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो ।

 

प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेसभामा सभामुखसहित एमालेका ४१, नेपाली कांग्रेसका २१, नेकपा माओपादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना प्रदेश सांसद हुनुहुन्छ । विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...