पोखरा म्याराथनको पुरस्कारमा बृद्धि, विजेताले ४ लाख पाउने

पोखरा, कार्तिक १८ गते । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धी गरेको छ भने सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ ।


मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिंदै खुल्ला ४२.१९५ किमि म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पु¥याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं सस्करण भन्दा दोव्वर हो । आगामी फागुन ७ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनतर्फ हुने सवै २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र÷छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ समेत पुरस्कार राशी बढाइएको जनाइएको छ । ति दौडतर्फ समेत ५÷५ हजार पुरस्कार राशीमा वढाइएको छ ।

नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार ४ लाख पु¥याइएको दावी गर्दै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वना तर्फ ३० हजार प्राप्त गर्ने बताए । अध्यक्ष पराजुलीले सबै विद्यातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिंदै उनले भने–“गत वर्ष पुरस्कार राशी कुल ८ लाख रहेकोमा यो वर्ष सवै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पु¥याएका छौं ।”


पुरस्कार राशीमा वृद्धीले दक्षिण एशियाली देशका धावक संगै अन्य अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने–“म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा चिनाउन मञ्चले लिएको लक्ष्य पुरा हुनेतर्फ हामी अघि बढेका छौं यसका लागि सबै सरोकारवालहरुको सहयोग उत्तिकै खाँचो छ ।” आगामी तिन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजना संगै प्रथम पुरस्कार राशी १० लाख पु¥याउने लक्ष्यका साथ अघि बढेको बताउँदै उनले नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, प्रायोजक संघसंस्थाहरु र सरोकारवालाहरुको सहयोग र सहकार्यको खाँचो रहेको कुरा औंल्याए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...