पोखराको फेवा फाँटमा पहेँलपुर जेठोबुढो(फोटो फिचर)

एकराज गिरी/पोखरा । पोखराका फाँट यतिबेला पहँेलपुर देखिएका छन् । धान पाकेपछि फाँटहरु पहेँलपुर भएका हुन् । पोखराको धान फल्ने मुख्य फाँटमा यति बेला धानका बाला झुलेका छन् ।

धान पाकेर पहेँलपुर भएपछि त्यो आन्तरीक पर्यटकको केन्द्र समेत बनेको छ ।धान खेतमा फोटो खिचाउनेहरु समेत देखिन्छन । पोखराको फेवाफाँटमा यतिबेला जेठोबुढो धान खेतमा लहलहै भएको छ । धान पाकेर पुरै फाँट पहेँलपुर देखिएको छ । लेकसाइड, खपौदी र पामे जाने आन्तरीक पर्यटक पहेलपुर धानको दृश्यले लोभ्याउछ ।


गुलजार बनेको खपौदी र पामे जाने आन्तरीक पर्यटकको ठुलो भिड समेत देखिन्छ । फेवाफाँट किनार हुदै खपौदी पुग्नेहरु जेठोबुढो धानलाई पृष्ठभुमिमा पारेर फोटो खिच्न समेत तयार हुन्छन् । फेवा फाँट पोखरेली जेठोबुढो धान उत्पादनका लागि प्रख्यात छ ।जेढोबुढो धान पोखराको बा्रण्ड हो । पोखराको ब्राण्ड बनेको यो धानको चामल पोखरा आउनेहरुले कोसेलीका रुपमा लाने गर्छन । तिहार लगत्तै धान काट्ने चटारोमा पोखरेलीहरु हुने छन् । पोखराका केही ठाँउमा धान काटेपनि फेवाफाटमा भने तिहारको विदाईसंगै धान काटन सुरु हुनेछ ।


मगमग बास्ना आउने, लामो सिता भएको र खाँदा नरम मिठो रैथाने पोखरेली जेठोबुढो चामलको माग बढदो छ । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, बिरुवा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान फल्छ ।

मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख सहरमा हुने गरेको छ । पोखरा महानगरपालिका भित्र कुल धान रोपनी क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान रोपाइँ हुन गरेको छ ।

जेठोबुढो धानको माग बढ्नु र मुल्य पनि अरु धानको भन्दा मङगो छ । अन्य धान भन्दा यसको मुल्य राम्रो पाउन थालेपछि पछिल्लो समय किसान जेठोबुढो धान लगाउन आकर्षित भएको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।


जेठोबुढो धान पोखरा महानगरपालिका भित्र ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा लगाइने उहाँले बताउनुभयो । कुल धान उत्पादन हुने क्षेत्रफलको कुल क्षेत्रफलको ४० प्रतिशत जमिनमा जेठोबुढो धान उत्पादन हुने गरेको हो । अन्य स्थानीय जातको धान २ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा रोपिन्छ । यस्तै गरि उन्नत जातका धान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा रोपिने महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।

विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमिन ६८ हजार ९ सय ६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेको अगुवा कृषक भोलानाथ अधिकारी बताउनुहुन्छ ।

यस वर्ष बेमौसमी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो क्षति भएपनि कास्कीमा सामान्य असर परेको छ । पोखरामा धान नकाटेका कारण सामान्य क्षती भएको महानगर कृषि महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...