ओली सरकारका नियुक्ति धमाधम खारेज गर्दै देउवा सरकार, तीन प्रदेशका प्रदेश प्रमुख फेरिए

काठमाडौं। सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषको बैठकले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु परिवर्तन गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारका अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको छ।

यस अघि रहेका प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, कर्णालीका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादव तत्कालीन केपी ओली सरकारको पालामा नियुक्त भएका थिए।

उनीहरु तीनै जनालाई हटाएर देउवा सरकारले अहिले माओवादी, समाजवादी र कांग्रेसका कोटाबाट प्रदेश प्रमुख नियुक्तीको लागि सिफारिस गरेको हो। खापुङ जसपाबाट, परियार माओवादी केन्द्रबाट र जोशी कांग्रेसको कोटाबाट नियुक्त भएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...