श्रीमती हत्याको अभियोगमा राई पक्राउ

सुनसरी, २३ कात्तिक/आफ्नै श्रीमती ३४ वर्षीया छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...