कास्कीको यु–१९ क्रिकेट टिम घोषणा

पोखरा, कार्तिक २४ गते । कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिम घोषणा गरेको छ । संघले बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । संघले दुईदिने क्याम्प गरेर १६ सदस्यीय टोली घोषणा गरेको कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्दले जानकारी दिए ।


वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टोली घोषणा गरेको हो । किरण पौडेल(उपकप्तान), अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिब्रिन श्रेष्ठ, सोहेल कुवँर, सुवास शर्मा सापकोटा(विकेट किपर), आयुष सैंजु, देव साह, सचिवकुमार यादव, प्रविन पौडेल, निर्मल तिमिल्सिना रहेका छन् । यसैगरी बैकल्पिकमा सञ्चार न्युरे र सुमन बुढा मगर रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् ।

कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको क्याम्पबाट दुई बैकल्पिक सहित १६ सदस्यीय टोली घोषणा गरेसँगै बिहीबारबाट बन्द प्रशिक्षण शुरु गरिने संघकाअध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो । २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो । बिहीबार यु–१९ ले सिनियर मिक्स टिमसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै यु–१९ ले भारतको स्थानीय भ्रमणकारी यु–१९ टोली सँग प्रतिस्पर्धा गर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...