हेमजामा ट्राफिक सचेतना कार्यक्रम

हेमजा, कार्तिक २५ गते ।सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा २५ हेमजाले ट्राफिक सचेतना कार्यक्रम बिहीबार हेमजामा गरेको छ ।

पोखरा महानगरपालिका वडा नंं २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पैदल यात्रीे कसरी सुरक्षीतका साथ बाटोमा हिड्ने, बाटो काट्ने भन्ने बारे सचेतना गराईएको थियो । कार्यक्रम हेमजाको सापकोटा चोक, वडा कार्यालय अगाडि र सुईखेतमा भएको थियो । प्रहरी निरीक्षक सुसील थापा र प्रहरी नायव निरीक्षक भीम ओलीले प्रशिक्षण दिएको कार्यक्रममा स्नो भ्यू इङलीस बोर्डिङ स्कुल, विष्ण्ुा पादुका मा.वि, ज्ञान सागर एकेडेमी र अम्बिमा मा.विका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, अस्थायी प्रहरी विट हेमजाका प्रतिनिधि, वडा प्रहरी कार्यालय वगरका प्रतिनिधि, हेमजा युनाइटेड, लियो क्लव अफ हेमजा र हेमजामा रहेका क्लब र सघंसस्थाँको उपस्थिती रहेको थियो ।सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्णु बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव देवि प्रसाद अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...