विश्वकप फुटबलमा छनोट हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र

साओ पावलो, कात्तिक २६ गते । कतारमा हुने विश्वकप फुटबलमा चयन हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ ।विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले कोलिम्बयालाई १–० ले हराएर आफूलाई विश्वकपमा पुर्यायो । खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक बन्यो ।

विश्वकप छनोटमा ब्राजिलले १२ मध्ये ११ खेल जितेको छ । ब्राजिल एक वर्षअघि नै थुप्रै खेल बाँकी छँदै चयन भएको हो । यस समूहको चौथो स्थानमा रहेको कोलम्बिया र पाँचौँ स्थानमा रहेको चिलीसँगको क्रमशः १६ र १८ अङ्कको दुरी बनाएपछि ब्राजिल पाँच खेल छँदै चयन भएको हो । दक्षिण अमेरिकी समूहबाट चार टिम स्व्त विश्वकपमा चयन हुने प्रावधान रहेको छ ।

 

यसअघि, आयोजक कतार, जर्मनी र डेनमार्क विश्वकपमा खेल्न योग्य भइसकेका छन् ।अन्य खेलमा इकवेडरले अन्तिम स्थानमा रहेको भेनेजुएला र चिलीले पाराग्वेलाई समान १–० गोल अन्तरले हराए ।

एपी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...