एसकेडियुएनका खेलाडी तथा अफिसियललाई बिदाई

सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८ औं एसकेडियुएन बिश्व सोतोकान कराते च्यामिपयनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले अन्तराष्ट्रिय बिमानस्थलमा बिहिबार साँझ शुभकामना सहित बिदाई गरे ।


कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका उपाध्यक्ष बद्रिबहादुर महतको नेतृत्वमा १ अफिसियल र ८ खेलाडीलाई बिदाई गरिएको हो । संघका अध्यक्ष धिर्ज तामाङ्ग पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए ।

सर्विया जाने टोलीमा अफिसियलमा विजयलाल श्रेष्ठ, खेलाडीहरु चित्र बहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बि.क., राजु दनुवार र निक्सन लामा रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...