युनाईटेड नेपाल बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन

युनाईटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा तथा ५ औं अधिवेशन समापन भएको छ । पोखरामा भएको अधिवेशनबाट संस्थाको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएको छ ।

यसै गरी उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः क्यप्टेन दानबहादुर गुरुङ, कमला गुरुङ, पदम बहादुर गुरुङ, रहनुभएको छ भने, सदस्यहरुमा सिता गुरुङ, लालबहादुर नेपाली, मंगल प्रसाद गुरुङ, लीला गुरुङ, र लक्ष्मी गुरुङ, चयन भएको छ । त्यसैगरी शुसिल कुमार श्रेष्ठको संयोजकमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रेमबहादुर गुरुङ र खिमबहादुर गुरुङ रहनुभएको छ । सभा तथा अधिवेशन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले उद्घाटन गर्दै,सहकारीकोे जगेर्ना गर्न सके आम नागरिकको जीवनस्तर उकास्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

 

त्यती मात्र नभएर सहकारीले आर्थिक समृद्धीमा समेत टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । कायक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रजापति पराजुली, अधिवक्ता तथा निर्वाचन अधिकृत महेन्द्रमान व्यथित, सल्लाहकारहरु किासनसिं गुरुङ, राजकुमार गुरुङ, सेयर सदस्य रामबहादुर केसी इन्जिनियर कञ्चन अर्याल र ज्योती गुरुङले अन्य संस्थाको तुलनामा गुणस्तरीय बनाउन आधुनिक प्रविधिको अधिकतम उपयो गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोबार सञ्चालन गरिएको बारे बोल्नुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मनतव्य राख्नुभएको थियो भने, सचिव विकास गुरुङले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...