दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव

नयाँदिल्ली, कात्तिक ३० गते । भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ।

यसबाहेक दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ। संघीय सरकार र दिल्ली, पञ्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरू बीचको बैठकलाई भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु संकटसँग लड्न आदेश दिएको थियो जसका कारण विद्यालयहरू बन्द भएका छन् ।

 

‘आजको पञ्जाब, हरियाणा, उत्तर प्रदेश, हरियाणाका अधिकारीहरूसँगको बैठकमा हामीले (दिल्ली सरकारले) केन्द्रीय राजधानी क्षेत्र (एनसीआर) मा घरबाट काम गर्न लागू गर्नुपर्ने प्रस्ताव राख्यौं,’ दिल्लीका वातावरणमन्त्री गोपाल राईले मिडियालाई भने । मन्त्री राईले ‘निर्माण कार्यमा प्रतिबन्ध लगाउनुपर्ने र एनसीआरमा उद्योगहरू पनि बन्द गर्नुपर्ने बताएका छन्। उनले बताएका छन् कि दिल्ली सरकारले सप्ताहन्तमा लकडाउनको प्रस्ताव गरेको छ र तिनीहरू यसका लागि तयार छन् । ‘अब अदालतको निर्देशनमा भर पर्छ,’ उनले भने । दिल्ली सरकारले राजधानीको वायु प्रदूषण बढ्नुमा छिमेकी राज्यहरूमा पराल जलाएको आरोप लगाउँदै आएको छ।

 

सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ ।नोभेम्बरको शुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो । भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ ।औद्योगिक गतिविधिहरू र अत्यधिक सवारी साधनको चाप शहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...