यु–१९ छनौंट क्रिकेटमा स्याङ्जाको दोश्रो जित

पोखरा, मंसिर २ गते ।पोखरा रंगशालामा जारी वाई वाई यु–१९ क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगितामा स्याँँग्जाले दोश्रो जित निकालेको छ । बिहीबार भएको खेलमा स्याँग्जाले नवलपुरमाथि ८ विकेटको जित निकालेको हो ।

खेलमा टस जितेर व्याटिङ्ग गरेको नवलपुरले २२ ओभर १ बलमा आफ्नों सम्पूर्ण विकेट गुमाएर मात्रै ५० रन बनाएको थियो । जितका लागि ५१ रन पछ्याएको स्याँग्जाले ७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो । स्याँग्जाको जितमा नायक सावित भएका सन्देश सुनारले ८ ओभर बलिङ्ग गर्दै १२ खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भएका थिए । त्यस्तै, विपिनराज न्यौपानेले ३, विष्णु पाण्डेले २ तथा सन्दिप खत्रीले १ विकेट लिए ।

नवलपुरको व्याटिङ्गमा गोविन्द विकले २३ रन बनाए भने अन्य व्याट्स्म्याले दोहोरो आँकडाको योगफल पनि तयार पार्न सकेनन् । ५१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा स्याँग्जाका ब्याट्स्म्यान सुजन गौतमले २०, सन्दिप खत्रीले १४ तथा करण पंगेनीले ११ रन जोडे । नवलपुरका बलर सुदिप अर्याल र स्विकार श्रेष्ठले १÷१ विकेट लिए । स्याँग्जाले यसअघि तनहुँमाथि जित हाँसिल गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...