नवलपुरसंग तनहुँ ८ विकेटले पराजित

पोखरा, मंसिर ३ गते ।पोखरा रंगशालामा जारी वाई वाई यु–१९ क्षेत्रिय छनौंट क्रिकेट प्रतियोतिगा अन्तर्गत शुक्रबारको खेलमा नवलपुुरले तनुहँमाथि ८ विकेटको जित निकालेको छ । खेलमा टस हारेपछि ब्याटिङ्ग गरेको तनुहँले २२.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो ।

तनहुँको तर्फबाट प्रशान्त सिंहले ३४ तथा सचिन राज अधिकारीले २० रन जोडे । नवलपुरका बलिङतर्फ कमल परियारले ३ विकेट लिए भने सुदिप अर्याल र अपराजित पौडेलले २–२ विकेट लिए । स्विकार श्रेष्ठले १ विकेट लिएका थिए ।

 

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नवलपुरले २२.४ ओभरमा मात्रै २ विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । नवलपुरको तर्फबाट प्रमिश अर्यालले ६१ बलमा ५ चौका सहित ३२ रन जोडे । त्यस्तै दिपक डुम्रेले अभिजित २७ रन बनाएका थिए ।

 

तनहुँका बलहरु सचिनराज अधिकारी र सन्दिप पराजुलीले १–१ विकेट लिए । खेलमा ३ विकेट लिएका नवलपुरका बलर कमल परियार म्यान अफ द म्याच चुनिए । उनलाई पोखरा नगर खेलकुद समितिका अध्यक्ष दिपक गोदारले म्यान अफ द म्याच ट्रफि प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत शनिबार तनहुँ र कास्की विच खेल हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...