पोखराको पर्यटन प्रबद्र्धन गर्न नयाँ कार्यक्रम ल्याउछौँ :अर्थमन्त्री बराल

पोखरा, मंसिर ३ गते ।गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न कम्तिमा एउटा नयाँपन दिने गरी कार्यक्रम संचालन गर्ने बताउनु भएको छ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघको शुक्रबार पोखरामा सम्पन्न भएको २८ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले पर्यटन प्रबद्र्धन गर्न कम्तिमा एउटा कार्यक्रम संचालन गर्ने भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो “अब हामीले छिट्टै पोखराका पर्यटन व्यवसायीहरुसंगको भेटघाट तथा छलफलमा बस्ने छौं, जसले कम्तिमा एउटा नमुना कार्यक्रम छनौट गर्ने छ, जुन कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रबद्र्धन हुने छ ।” हिमागृह, रत्न मन्दिर खुलाउने कि, अन्तराषर््िट्रय बिमानस्थल संचालन भएंसंगै फाष्ट ट्याक निर्माण गर्ने, पैदल मार्ग निर्माण गर्ने, फेवातालको संरक्षण गर्ने भन्ने बिषयमा टुंगो लगाउनु पर्ने मन्त्री बरालको भनाई थियो । अनेन्त्रित र अराजक ढंगले जथभावी रुपमा सडक खन्नाले विकासको नाममा विनास निम्तिएको उहाँको भनाई थियो । गण्डकी प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्नुपर्ने मन्त्री बरालले जनाउनु भयो । उद्योग व्यवसायीहरुमा भएको कानूनि उल्जनको समेत हल गर्ने भएको उहाँले बताउनु भयो ।

 

टानका केन्द्रिय महासचिव सरिता लामाले कोरोना पछि नेपालमा करिब १६ हजार विदेशी पर्यटक आएको दाबी गर्दै एक तिहाई तेश्रो मुलुकका पर्यटक रहेको उहाँको दाबी छ । आगामी एक महिना भित्र टान र नेपाल पर्यटन बोर्ड बिच सम्झौता भई हाल बन्द रहेको टिप्स कार्ड वितरणको चेक पोष्ट पुनः संचालन गर्ने भएको बताउनु भयो । सचिव लामाले आगामी पुषमा हुने टानको साधारण सभाबाट प्रदेश स्तरिय संघको विस्तार गर्ने बताउनु भयो ।

 

गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले प्रदेशमा पर्यटनको सम्भावना भएकोले गर्दा प्रदेशले विकासको पहिलो आधार पर्यटनलाई नै बनाएको बताउनु भयो । यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने उहाँले जनाउनु भयो । ६ महिना भित्र नविकरण नगर्दा खारेजी हुने प्राबधान भए पनि कोरोनाले गर्दा यस बर्ष के सहुलियत दिन सकिन्छ त्यसमा पुनः सोच विचार गर्ने उहाँको भनाई थियो । गाउँ र शहरको पुलको कामको रुपमा ट्रेकिङ क्षेत्रले गर्दा यसले पर्यटकको बसाई लम्बाउने पौडेलले जनाउनु भयो ।

 

मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङले विकासको पहिलो आधार पर्यटनलाई राखेको बताउनु भयो । सिक्लेसमा नयाँ पैदल मार्ग सुरु गरिएको उक्त पद मार्गले पर्यटन प्रबद्धन हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । सल्लाहाकार डम्बर बहादुर केसीले अहिलेको अबस्थामा ह्वात्तै पर्यटक आएमा व्यबस्थापन गर्न कठिन हुने अबस्था हाल सृजना भएको बताउनु भयो । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले पर्यटकीय हिसावले गण्डकी प्रदेशलाई कसरी बचाउन सकिन्छ भनेर प्रदेश सरकारले केही प्याकेज ल्याउनुपर्ने माग गर्नु भयो । हाल संचालन भएको विमानस्थललाई व्यबस्थापन गरी नयाँ विमानस्थलको नयाँ अन्तराष्टिय हवाई रुट अनुमति लिनुपर्ने उहाँले बताउनु भयो । पोखरामा तत्काल रिङरोड आवश्यक भएको भट्टराईले बताउनु भयो ।

टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष शुसिलराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहाकार बिरु बमजन, प्रथम उपाध्यक्ष धर्मराज पन्थी, महासचिव मिलन तिवारी लगायतले वोलेका थिए । टान पोखरामा हाल १ सय ६२ सदस्य रहेका छन्। संस्थाले बैकल्पिक पदमार्गको अध्ययन, अनुसन्धान, खोज एवं प्रबद्र्धनात्मक कार्यक्रम अन्र्तगत अन्नपूर्ण नर्थ बेसक्याप पदमार्ग प्रबद्र्धन र ताङतिङ, ठुलीलेक, कोरी, क्हफुचे ताल, सिक्ल्स पदिमार्ग खोज गरिएको द्धितीय उपाध्यक्ष कृष्ण आचार्यले जनाए । प्याराग्लाईडिङ खेलको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पूर्व अध्यक्ष एवं सल्लाहाकार बिरु बमजनलाई सम्मान गरिएको थियो ।

अन्नपूर्ण आधारभूत बिद्यालय फिर्केखोलाको जोखिममा

यसैबिच, गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा ६ शान्तिपथमा रहेको अन्नपूर्ण आधारभूत बिद्यालयको अवलोकन समेत गर्नु भएको छ ।

यसै बर्षको बर्षातले गर्दा उक्त बिद्यालय फिर्केखोलाको कटानबाट जोखिममा परेकोले बिद्यालयको संरक्षणको लागि मन्त्री बरालले सहयोग गर्ने बताउनु भयो ।

फिर्केखोलाबाट बिद्यालय संरक्षण गरी सौचालय समेत मर्मत संहार गर्नुपर्ने अबस्था रहेको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण आचार्यले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...