ए’ डिभिजन लिगमा मनाङको सुखद् सुरुवात

काठमाडौं, मङ्सिर ५ गते । आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ ।

दशरथ रंगशालमा आइतबार भएको खेलमा मनाङले ललितपुरको जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो । मनाङको जितमा रक्षक दिनेश राजवंशी नायक बन्नुभयो । ५७ औँ मिनेटमा भारतीय खेलाडी दयानन्द सिंहको कर्नर पासमा उत्कृष्ट हेडगोल गर्दै दिनेशले मनाङको उत्साह बढाउनु भएको थियो ।

 

लिग अन्तर्गत सोमबार हुने पहिलो खेलमा विभागीय टोलीको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मच्छिन्द्र र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...