भाष्कर स्मृति प्रतिष्ठानमा सापकोटा

पोखरा, मंसिर ६ गते । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ४ निवासी समाजसेवी भाष्कर सापकोटाका सन्तानको पहलमा भाष्कर स्मृति प्रतिष्ठानको प्रथम भेलाले याम बहादुर सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको छ ।

समितिको संरक्षकमा भिम बहादुर सापकोटा र सल्लाहाकारहरू बुद्धि बाहादुर सापकोटा, युवराज सापकोटा (क्षेत्री), दुर्ग बहादुर क्षेत्री (सापकोटा), बुद्धी बहादुर सापकोटा र शान्ती देबी सापकोटा रहेका छन् ।

 

प्रतिष्ठानको उपाध्यक्षमा सुर्य बहादुर सापकोटा, सचिवमा सिता सापकोटा, कोषाध्यक्षमा शुसीला रानाभाट (सापकोटा) र सदस्यहरुमा सृजना राना सापकोटा, सुर्य कुमारी सापकोटा, लक्ष्मी सापकोटा, ज्योति सापकोटा, निशा रानाभाट सापकोटा चयन भएका छन् ।

 

त्यसै गरि सो अवसरमा प्रतिष्ठानका ३० जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको कार्यक्रम संयोजक अमर सापकोटाले वताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...