भगवती विद्यालयलाई युके नागरिकको सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी, कालाबाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयलाई वेलायत निवासी व्रिगेडियर जोन ब्रिवरले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयका भुपु विद्यार्थी कृष्णबहादुर गुरुङका धर्मपिता जोन ब्रिवरले पठाएको ३२ हजार दुई सय सोमबार विद्यालयका प्रधानाध्यापक डिलकुमारी गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङलाई हस्तान्तरण गरेका थिए । जोनले यस अगाडि पनि विद्यालयलाई पटक पटक गरी २० हजार आर्थिक सहयोग गरिसकेका विद्यालयका निर्वमान अध्यक्ष यामबहादुर गुरुङले वताउनु भयो ।

 

सो अवसरमा अभिभावक संघका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार खेमराज वराल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ, धनु गुरुङ, राजु गुरुङ, विरबहादुर गरुङ र तोलबहादुर गुरुङलगाएको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...