युआरएल पत्रकारिता पुरस्कारका लागि छनोट समिति गठन

युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को ८ औं साधारणसभाले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठलाई छनोट समिति संयोजकको भूमिका निर्वाह गर्न अनुरोध गरेको थियो ।

संयोजक श्रेष्ठले समितिका २ सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारीलाई मनोनयन गरेका छन् ।

समितिले गण्डकी प्रदेशमा कमसेकम ५ वर्षदेखि पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गर्ने १ पत्रकारलाई पुरस्कार प्रदान गर्न निर्णय दिने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलको ८ औं वार्षिकोत्सवमा मंसिर २३ मा हुने समारोहमा पुरस्कार वितरण गरिनेछ । यो पुरस्कारबाट अहिलेसम्म ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...