कास्की क्षेत्र नम्वर २ बाट कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि छनोट

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको छिनोफानो भएको छ । कास्की २ मा २५ प्रतिनिधिका लागि ६२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

सोमबार भएको मतदानमा कांग्रेस नेता एवं गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ३६१ मत ल्याएका छन् । यसैगरी नेता देवराज चालिसेले ३२३ मत प्राप्त गरेका छन् भने गण्डकी प्रदेशका मन्त्री कुमार खड्का तेश्रो स्थानमा सर्वाधिक मत प्राप्त गरे । उनले २८८ मत प्राप्त गरे ।

 

यसैगरी नेताहरु वीरेन्द्र नारायण विजुक्छेले २६२, शोभियतबहादुर अधिकारीले २२१, विश्वराज आचार्यले २००, माधवप्रसाद बाँस्तोला मधुले १९८, ऋषिराम काफ्लेले १७८, गुरु बरालले १८० र अर्जुन पोखरेलले १६४ मत प्राप्त गरी विजयी भए । खुला १० पदमा २५ नेताले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

 

यता, महिला खुला प्रतिनिधिमा जिल्ला कोषाध्यक्षसमेत रहेकी नेतृ लक्ष्मी पाण्डेले १० जनामध्ये सबैभन्दा धेरै मत प्राप्त गर्दै विजयी भएकी छन् । उनले २७१ मत प्राप्त गरेकी छन् ।यसैगरी जिल्ला सहसचिव रंगीला आचार्यले २३७, नम्रता बरालले २१८ र कुमारी मुना बाँस्तोलाले १८३ मत प्राप्त गरेर प्रतिनिधिमा विजयी भएका छन् ।

 

यस्तै, खस आर्य महिलामा कोपिला तिवारी २४७, र मिलन थापाले २४५ मत प्राप्त गरी विजयी भए भने खसआर्य खुलामा किरण केसी ३५७, मुकुन्द बाँस्तोला ज्वाला २१०, मदन बस्नेत १६३ मत प्राप्त गरी विजयी भए ।यता, आदिवारी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३२१ र सुनयना पालिखे २१४ मत पाएर विजयी भने खुलामा आशिक गुरुङ १४९ र निर्मल प्रसाद कर्माचार्य १५४ मत प्राप्त गरी विजयी भए । यसैगरी दलित खुलामा अर्जुन कुमार विक १९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...