अखिल नेपाल खेलकुद महासंघको अध्यक्षतमा सुवेदी

पोखरा, मंसिर ७ गते । अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला भेलाले बामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षम ाजीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपामा ओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सहीदिशामा डो¥याउने आफ्नो लक्ष्य बनाएको छ ।

‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ ।युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी पनि सिद्ध पनि मानिन्छ । त्यसैले हामीले भेलाको आयोजना गरेर संगठित रुपमा अगाडि बढ्ने निर्णय गरेकाहौँँ ।’ अध्यक्ष चयन भएसँगै बामदेव सुवेदीले भने ।

 

नवगठित कार्यसमितिकै सकृयतामा निकट भविष्यमै कास्की जिल्लामा विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गर्ने, खेलाडीहरुको वृद्धिविकासमा लक्षित कामहरु गर्ने र खेलकुद क्षेत्रलाई स्वच्छ अनिविवादरहित बनाउने काममा लाग्ने लक्ष्य लिएको कार्यसमितिका उपाध्यक्ष प्रकाश मल्लले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...