काँग्रेस गण्डकी प्रदेश सभापतिमा चालिसेले उम्मेदवारी दिने

पोखरा, मंसिर ७ गते ।नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा देवराज चालिसेले उम्मेवारी दिने भएका छन् । काँग्रेसका शनिबार सोमबार सम्पन्न प्रतिनिधि छनोटमा कास्की क्षेत्र नम्वर २ बाट विजयी भएका चालिसेले उम्मेदवारी दिने भएका हुन् ।

नेता चालिसेले महाधिवेशन प्रतिनिधिमा ३२३ मत प्राप्त गरेका थिए । उनी प्रतिनिधिमा धेरै मत ल्याउनेमा दोश्रो नम्वर थिए । चालिसेले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । उनले १०ः४५ बजे पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...