पोखरामा बालबालिकाको कानको मुन्द्रा चोरी गर्ने स्याङ्जाकी लामा पक्राउ

पोखरा, मंसिर ७ गते । पोखरामा बालबालिका कानमा लगाएका सुनका मुन्द्रा चोरी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले स्याङ्जा चापाकोट नगरपालिका वडा ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १४ चाउथे बस्ने वर्ष २४ की अम्बिका पुलामी मगरलाई पक्राउ गरेको हो ।


पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूबाट अन्दाजी वर्ष ५ देखी ९ वर्ष सम्मका ५ जना बालबालिकाहरूलाई ललाई फकाई, डर त्रास तथा धम्की समेत दिई बालिकाहरूले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

पीडितहरूले दिएको हुलियाका आधारमा खोजतलास गर्दै जाँदा मगरलाई चोरी गरेको सुनको मुन्द्रा १३ टुक्रा (तत्काल तौल गर्दा ४८ लाल) र सुनको ६ थान मुन्द्रा (तत्काल तौल गर्दा ४५ लाल) सहित पक्राउ गरेको प्रहरीेले जनाएको छ । पक्राउ गरिएकी मगरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता सुन्दर तिवारीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...