रेशका ८० वर्षीय सामाजिक अगुवा जिसी सम्मानित

बागलुङ । समाजका हरेक गतिविधिमा निरन्तर अग्रसर भएर योगदान पु¥याएको भन्दै बागलुङको काठेखोला गाउँपालिका वडा नं ७ रेशका एक जेष्ठ नागरिकलाई स्थानीयले सम्मान गरेका छन् । साविक रेश गाविस वडा नं. ९ कमेरेखोल्सा निवासी ८० वर्षीय रन बहादुर जिसीलाई सामाजिक कार्यमा निरन्तर अग्रसर भई समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको भन्दै स्थानीयले मंगलवार सम्मान गरेका हुन् ।

रेश जिरेदी स्थित पखरीडाडामा निर्माण गरिएको गणेश मन्दिर उद्घाटन तथा मुर्ति भित्र्याउने कार्यक्रमका अवसरमा जेष्ठ नागरिक जिसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको स्थानीय मान बहादुर कार्कीले जानकारी दिनुभयो । उमेरको समेत प्रवाह नगरी निरन्तर समाज रुपान्तरणमा सक्रिय रहनुभएकाले सम्मान गरिएको गणेश मन्दिर निर्माण समितिका सदस्य समेत रहेका कार्कीको भनाइ थियो ।साविक रेश गाविस वडा नं. ९ को सामाजिक क्षेत्रमा जिसी परिवारको महत्वपूर्ण योगदान गरेको छ । २०५० सालमा उहाँ वडा अध्यक्ष रहेको समयमा उहाँकै अगुवाईमा च्यान्डाडामा भैरव मन्दिर निर्माण गरिएको थियो । स्थानीय वनलाई सामुदायिक वनमा रुपान्तरण गर्न, खानेपानी, विद्युतीकरण लगायतका स्थानीय जनताका बीचमा आउने हरेक समस्या समाधानमा जेष्ठ नागरिक जिसीले निरन्तर योगदान गर्दै आउनु भएको छ ।

 

मंगलवार उद्घाटन भएको गणेश मन्दिर पनि उहाँकै अगुवाई निर्माण गरिएको कार्कीले बताउनुभयो । सम्मानित जिसीका बुवा स्वर्गीय लाल बहादुर जिसीको अगुवाईमा २०१५ सालमा पखरीडाडामा कृष्ण प्राथमिक विद्यालय सञ्चालनमा ल्याउनुका साथै कालिका भगवती मन्दिर निर्माण लगायतका काम गर्नु भएको थियो । मन्दिर उद्घाटन तथा मूर्ति भित्र्याउने कार्यक्रममा ८४ वर्ष पुगेका जेष्ठ नागरिक तिल बहादुर कार्की, चन्द्र बहादुर कार्की र दल बहादुर कार्की सहित चन्दादाताहरुलाई पनि सम्मान गरिएको थियो ।

गणेश मन्दिरको उद्घाटन काठेखोला गाउँपालिका वडा नं. ७ रेशका अध्यक्ष प्रेम लामिछानेले गर्नु भएको थियो । सो अवसरमा उहाँले धार्मिक क्षेत्रहरुलाई स्थानीय पर्यटनको क्षेत्रका रुपमा अगाडि बढाउन सबैका बीचमा सहकार्य आवश्यक रहेको बताउनुभयो । समाजमा सद्भाव कायम गर्न, सहकार्य र समन्वय गरेर अगाडि बढ्ने कार्यमा स्थानीयको योगदान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रम मन्दिर निर्माण समितिका अध्यक्ष रन बहादुर जिसीको अध्यक्षता र सदस्य रन बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

वडा कार्यालयको १ लाख ५० हजार सहयोगमा मन्दिर निर्माण गरिएको र गणेशको मुुक्ति भित्र्याएर विधिवत पुजा शुरु गरिएको निर्माण समितिका सदस्य मान बहादुर कार्कीले बताउनुभयो । मन्दिर उद्घाटन तथा मुर्ति भित्र्याउने कार्यक्रममा स्थानीयले भजन कृतन गर्नुका साथै चन्दा समेत संकलन गरेका छन् । चन्दा सहित मन्दिरको सम्पूर्ण आय व्यय विवरण अब बस्ने निर्माण समितिको बैठकबाट सार्वजनिक गरिने कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...