रामघाटका मजदुरले बुझाए ज्ञापनपत्र :रोजगारीको ग्यारेन्टी गर्न माग

पोखरा, मंसिर ८ गते । पोखराको रामघाटका मजदुरले आफनो रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् । पोखरा महानगरले पोखराको सेती नदि रामघाट सार्वजनीक नीजि साझेदारी(पिपिपि) अन्र्तगत नीजि क्षेत्रलाई झण्डै ४० वर्षलाई दिने तयारी गरेको भन्दै यहाँ मजदुरी गदै आएकाहरुले आफनो रोजगारीको ग्यारेन्टी गर्न माग गदै ज्ञापनपत्र बुझाएका छन् ।

रामघाटको बालुवा, ढुंगा बोकेर जीविकोपार्जन गदै आएका मजदुरहरुले रामघाट नीजि क्षेत्रलाई दिने तयारी भैरहेको भन्दै त्यहाँ आश्रित मजदुरको रोजीरोटीका बारेमा सोच्न आग्रह गदै ज्ञापनपत्र बुझाएका हुन ।रामघाटमा मजदुरी गदै आएका झण्डै चार सय मजदुरको हस्ताक्षर सहितको ज्ञापनपत्र पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

सेती नदी किनार रामघाटमा वर्षौदेखी मजदूरी गर्दै आएका मजदुरहरुले प्राकृतिक सम्पदा निहित व्यक्ति वा कम्पनीलाई सुम्पने पोखरा महानगरको तयारीप्रति आपत्ति जनाएका हुन ।ज्ञापनपत्र बुझाउँदै मजदुरहरुको रोजीरोटी र श्रमलाई ध्यानमा राख्न माग गरे ।मजदुरहरुको पक्षमा निर्णय गर्न आग्रह गरे । पोखरा कार्यबाहक प्रमुख गुरुंगले सम्झौता अघि मजदुरहरुका मागका बारेमा छलफल गरेर अगाडी बढने बताउनुभयो । मजदुरहरुको विषयमा सम्वन्धित कम्पनीसंग छलफल गर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...