कास्की कांग्रेसको उपसभापतिमा रंगिला पौडेलको उम्मेदवारी घोषणा

पोखरा, मंसिर ९ गते । नेपालीकांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्कीजिल्लाउपसभापतिमा रंगीला पौडेल आचार्यले उम्मेदवारी घोषणा गरेकी छन् । हाल जिल्ला सहसचिव रहेकी उनले उपसभापतिमा उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् ।


उनले अग्रज नेताहरुको सल्लाह, सुझाव, समकालिन साथीहरुको भावनाको कदर र अनुजहरुको चाहना बमोजिम नेपाली कांग्रेस कास्कीको उपसभापति पदमा आँफूलाई प्रस्तुत गरेको उल्लेख गरेकी छन् ।

कांग्रेसमा सवल र सक्षम नेतृत्वका लागी आफ्नो उमेद्वारी रहेको उनले बताइन् ।हालै कास्की क्षेत्र नं २ को महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित पौडेलले विगतमा जस्तै माया र सद्भाव सहित सहयोगका लागी क्षेत्रिय प्रतिनिधीहरुलाई मतदान गर्न आग्रह गरेकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...