सहकारी बुझेका उमेदवार के.बी. उप्रेती

काठमाडौं, ९ मंसिर । नेकपा एमाले सम्बद्ध सहकारीकर्मीहरुको प्रतिनिधित्व गर्दै आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि सहकारी क्षेत्रका अगुवा के.बी.उप्रेतीले उमेदवारी घोषणा गर्नु भएको छ । ३ दशकदेखि राजनीति र साढे २ दशकदेखि सहकारी क्षेत्रमा क्रियाशिल उप्रेतीले नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सबै पार्टीमा सहकारी अभियानमा क्रियाशिल व्यक्तिहरुको सहभागिता आवश्यक रहेको बताउनु भएको छ । राजनीतिक दलहरु मुलुक निर्माणकका मुल आधार हुन, त्यहिबाट सहकारी क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्न आफु क्रियाशिल रहेको राजनीतिक दल एमालेको केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको उप्रेतीको भनाइ छ ।


नेकपा एमाले पार्टीलाई सहकारीको मोडेलको अर्थतन्त्र बुझेको र यसको प्रवद्र्धन÷ विकासमा योगदान गर्ने पार्टीका रुपमा लिइन्छ । नेपालमा सहकारी अभियानले आजको रुप लिनुमा नेकपा एमालेको पार्टीको भूमिका महत्वपूर्ण छ । समाजवाद उन्मुख अर्थतन्त्रका लागि तीन खम्बे अर्थनीति अवलम्बन गर्नमा एमालेको भूमिका सबै भन्दा महत्वपूर्ण छ, गाउँ गाउँमा सहकारी घरघरमा भकारी, गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी जस्ता लोकप्रिय कार्यक्रम एमालेकै पालामा आएका छन् ।

 

त्यही एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहकारी क्षेत्रमा सक्रिय, सहकारीलाई राम्रोसंगग बुझेका, व्यवस्थापन गरेका र दशैभर सम्पर्क समन्वय भएका उप्रेतीले उम्मेदवारी घोषणा गर्नु भएको छ । देशभरका करिब ३० हजार सहकारीमा ७३ लाख नेपाली नागरिक आवद्ध रहेको यस अभियानका अगुवा उप्रेतीले सिंगो सहकारी अभियानलाई एमालेका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफु केन्द्रीय सदस्य बन्न खोजेको बताउनु भएको छ ।

मुख्य राजनीतिक दलहरुमा सहकारी अभियानकर्मीहरुको अनिवार्य सहभागिता आवश्यक छ, उप्रेतीले भन्नुभयो आ–आफ्नो पार्टीको सहकारी विभागलाई सक्रिय बनाउन, सहकारीका नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न, राज्यले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई सफल पार्ने गरी आर्थिक अभियान सञ्चालन गर्न सहकारीको भूमिका महत्वपूर्ण छ । त्यसलाई सफल बनाउन सहकारीकर्मीहरुको अगुवाई आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली नेतृत्वको सरकारले आर्थिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । तत्कालिन सरकारले गरेका महत्वपूर्ण कामहरुलाई पार्टी पंक्तिले आम जनसमुदायमा लैजान, प्रभावकारी कार्यान्वयन गर्नका लागि पनि सहकारी क्षेत्रलाई परिचालन गर्न आवश्यक छ । आज देशभरमा नेटवर्क रहेको कुनै संगठन छ भने त्यो सहकारी क्षेत्र हो । सहकारीमा ७३ लाख भन्दा बढी मानिस आवद्ध छन्, यति ठुलो क्षेत्रलाई व्यवस्थापन गर्नका लागि सहकारी क्षेत्रबाट राजनीति दलहरुमा नेतृत्व आवश्यक रहेको निष्कर्षका साथ आफु सक्रिय राजनीतिमा आउन लागेको उहाँको भनाइ छ ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारी क्षेत्रको भूमिका बढाउन, अर्थतन्त्रको विकासमा एमालेले नेतृत्वदायी भूमिका लिन तथा आम जनतालाई समृद्ध बनाउनका लागि राजनीतिक दलको भूमिका प्रभावकारी हुन आवश्यक छ, म त्यसैका लागि सहकारी प्रवद्र्धनका मुख्य हिस्सेदार दल एमालेलाई थप शसक्त बनाउन म सक्रिय रहन्छु, उप्रेतीको भनाइ छ ।

उप्रेतीले एमाले केन्द्रीय महाधिवेशनमा उमेदवारी घोषणा गरेपछि देशभरका एमाले नेता कार्यकर्ता र सहकारीकर्मीहरुले सहकारी मोडेल बुझेको र समाजवादका लागि तीन खम्बे अर्थनीति अवलम्बनमा प्रमुख भूमिका रहेको दल एमालेको महाधिवेशनमा सहकारी राम्रो संग बुझेको र व्यवहारमा सहकारीलाई प्रयोग गर्दै आएका के.बी.उप्रेतीको उमेदवारी एउटा राम्रो संयोग भएको बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...