शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण

पोखरा, मङ्सिर ९ गते । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवम् पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा आज आयोजित निशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।


प्रशासन कार्यालय कास्कीको प्राङ्गणमा आयोजित शिविरमा सेवाग्राही, सरकारी कर्मचारी लगायतले स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।सेवाग्राहीको चाप भैरहने कार्यालयमा सामाजिक उत्तरदायित्व समेत बोध गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।

शिविरमा सेवाग्राहीले आफ्ना विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराउनुभएको नर्सिङ क्याम्पस पोखराका बन्डी गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...