लोप हुँदै नेपाली सस्कार, भित्रिदै बिदेशी नक्कल

 माबन उत्पतीसगै बिकास भएका सभ्यता र त्यस सभ्यताले जन्माएका सस्कृती र चालचलको समष्टि स्वरुप नै सस्कार हो। यो परिवर्तन शिल हुनु स्वभाबिक हो। सिन्धु, मिश्र, मेसोपोटामिया, अरबी, चिनियाँ जस्ता सभ्यताको बिकास नदि किनारबाट भएको पाईन्छ। प्राचीन मानब, ढुङे, शिकारी, कृषि हुँदै आजको दिनसम्म आईपुग्दा बिज्ञान र प्राविधिको युगमा मानव सभ्यता अगाडी बढीरहेको छ। त्यति मात्रै नभएर अन्य ग्रह, उपग्रहमा समेत मानव बसोबासको परिकल्पना समेत गरिएको छ। नेपाली सभ्यता वैदिक कालदेखि नै बिकशिक भएको आजको स्वरुप मान्न सकिन्छ। प्राचीन भारत बर्षको सभ्यता सग नजिक रहेको नेपाली समाजको आफ्नै मौलिक विशेषता रहेको छ। नेपालमा जब बि.स.२००७ सालको परिबर्तन पछि अन्य बाह्य मुलुकसग सम्बन्ध स्थापित हुन पुग्यो क्रमश बिदेशिहरुको गन्तव्य नेपाल हुन पुग्यो। बिश्वका अग्ला अग्ला सर्बोच्च शिखरहरु आरोहण, पदयात्रा, धार्मिक, दृश्यवलोकन लगायत विभिन्न उदेश्यबाट पश्चिमीहरुको आगमन वृद्धि हुँदै गयो। उनिहरु नेपालमा आउदा आफू मात्रै आएनन् सगसगै आफ्ना सस्कृती पनि सगै ल्याएर आए जसको नक्कल नेपालिहरुले गर्न थाले। नेपाली सस्कृती बिस्तारै हराउदै जान थाल्यो, आधुनिकताको नाम बिदेशी सस्कारको अनुसरणमा वृद्धि भयो अझै ग्रामीण भन्दा सहरी ईलामाका। नेपाल बहुजातीय, बहुभाषिक भएको र यिनै जातिका विभिन्न सस्कार पर्व, जात्रा रहेको कुरा पृथ्वीनारायण शाहले आफ्नो दिब्यउपदेशमा समेत उल्लेख गरिएको छ। यिनै सस्कार सस्कृती जगेर्ना गर्न सकेमा मात्रै पनि नेपालको कला शिपको प्रदशन गरि बिदेशी पर्यटनलाई लोभ्याउन सकिन्छ। कसरी मासिदै छ त नेपाली सस्कृती अनि कसरी भित्रिदै छ बिदेशी चालचलन: – केही समय अगि सम्म धेरैले नजानेको र थाहा नपाएको जस्तो कि बिबाह पुर्ब बेहुलिको घरमा गरिने ( मेहन्दी) उत्सब, बैबाहिक बर्षगाठ केक काटेर मनाउने, जन्म दिनमा केक काटने, बच्चा जन्माउनु १/२ हप्ता अगाडी गरिने Baby shower,भ्यालेन्टाईन day मनाउने परम्परा, स्वतन्त्रताको नाउमा हुने समन्ध बिच्छेद( पारपाचुके )जस्ता सस्कार भित्रिएको छ जुन अहिलेको चुनौतीको रुपमा लिन सकिन्छ।

खानपान बिदेशी पेयपदार्थ, लवाईखुवाई, पार्टी, बिदेशी चलचित्र, गित, गरगहना, बोलिचाली जस्ता परम्पराको बिकास हुदा आफ्ना मौलिक परम्परा र सस्कृतिको बिनास भएको छ। बिबाहमा गौ दान गर्ने, चौतारी पोखरी निर्माण गर्ने, पाटिपैवा बनाउने ढुङे धारा जस्ता सस्कारको लोप भएको छ। जन्म, बिबाह जस्ता सस्कारहरुमा नयाँपन देखिएको छ। आधुनिक बन्ने परिपाटीको होडबाजी चलेको छ जुन सोचनिय विषय बनेको छ। अबको पुस्ताले आफ्नो मौलिक सस्कार र सस्कृती बिर्सेर बिदेशी आयातित सस्कारको अनुसरण नहोला भन्न सकिँदैन।

नेपाली खाना डिडाे, गुन्द्रुकलाई ब्रान्ड बनाएर बिदेश निर्यात गर्नै मात्रै सकेको प्रसस्त बिदेशी मुद्रा आर्जन गर्न सकिन्छ साथै आफ्नो मौलिक कला र शिपले बिदेशमा समेत स्थान पाउनेछ। आजको पुस्तालाई आफ्नो सस्कार सस्कृतीको बारेमा जनचेतना जगाउन सक्नु पर्दछ।संघ, प्रदेश र स्थानीय सरकारले समेत विभिन्न उपलब्धि मुलक कार्यक्रम ल्याउनु पर्दछ। रेडियो टेलीभिजनमा आफ्नो मौलिक परम्पराको संरक्षण गर्नमा बिशेश जोड दिनु पर्दछ। कला र सस्कृतिको जगेर्ना गरि आगामी पुस्तालाई ज्ञान दिन सकेमा मात्र नेपाल र नेपालिको परिचय बिस्वमा चिनाउन सकिन्छ। नेपाली पोशाक भेषभुषा, लवाईखुबाई, रहनसहनको संरक्षण गर्नु हामी सबै सच्चा नेपालिको दाहित्व हो।

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...