पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा बलराम रिजाल

पोखरा, मंसिर ९ गते । सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिन अघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् ।

सरुवामा पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको पनि सरुवा भएको छ । उनको भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सुरु भएको छ । त्यहाँ कार्यरत शेष नारायण पौडेललाई श्रम, रोजगार सामाजिक सुरक्षा मन्त्रालयमा सुरु गरिएको छ ।

 

यता पोखरा महानगरपालिकामा बलराम रिजाल आउने भएका छन् । मन्त्रालयले उनलाई पोखरामा सुरु गरेको छ । उनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । रिजाल गण्डकी प्रदेश बाग्लुङ जिल्ला हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...